रोटरी ईन्टरनेशनल डिस्ट्रिक ३२९२ रोटरी क्लब अफ दरबार मार्ग र रोटरी क्लब अफ मध्यपुरव्दारा संयूक्त रुपमा नेपाल कोरिया मैत्री नगरपालिका अस्पताललाई २५ थान PPE सेट, १ थान वाटर फिल्टर लगायतका सामाग्रीहरु अस्पतालको प्रागनमा एक कार्यक्रम बिच हस्तान्तरण गरियो । मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख मदन सुन्दर श्रेष्ठ, अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. ज्ञानकृष्ण कायष्ठ, मेडिकल डाईरेक्टर डा. डि.के. रोशन र रोटरी क्लब अफ मध्यपुरका तर्फबाट संस्थापक अध्यक्ष सुरेन्द्र बिक्रम प्रजापति, पे्रसिडेन्ट ईलेक्ट जगत कृष्ण प्रजापति लगायतका ब्यक्तिहरु सो कार्यक्रममा सहभागी भएका थिए । कोरोना भाईरसको संक्रमणबाट सम्पूर्ण विश्वलाई नै आक्रान्त पारिरहेको यो समयमा रोगको उपचारमा संलग्न स्वास्थ्य कर्मीले संक्रमणको जोखिमबाट बच्नका लागि लगाउनु पर्ने सो एएभ् सेटले उक्त अस्पतालमा आएका सो रोगका शंकास्पद बिरामीहरुको स्वास्थ्य परिक्षण तथा रोगीको उपचारमा संलग्न हुने स्वास्थ्य कर्मीहरुलाई सहज हुने बिश्वास गरिएको छ ।
Automated page speed optimizations for fast site performance