चाया पोतो

Dr. Anupama Karki
डा. अनुपमा कार्की
वरिष्ठ छाला तथा यौन रोग विषेशज्ञ
बीर अस्पताल

चाया पोतो धेरै मात्रामा देखा पर्ने छालाको समस्या हो । प्रायः यो समस्या वयस्क उमेरका स्त्रीहरूमा बढी देखिन्छ । चाया पोतोको समस्याको उपचार गदै निकै कठिन छ । यो प्रायजसो हल्का खैरो देखि गाढा खैरो रङ्गमा गाला, नाक, निधार, चिउडो र ओठमाथि देखिन्छ । यी ठाउँहरू बाहेक अरु ठाउँहरूमा पनि देखिनसक्छ तर सबैभन्दा बढी चाही घामले भेट्ने ठाउँहरूमा नै देखिन्छ । स्त्रीहरूमा पनि बढी जसो गर्भवती अवस्थामा यो समस्या देखा पर्ने गर्छ । परिवार नियोजनका लागि चक्की खानेहरूमा पनि यो समस्या देखिन्छ तर एक वयस्क स्त्रीमा यो जुनै बेला पनि देखा पर्न सक्छ । स्त्री बाहेक पुरुषहरूमा पनि चाया पोतोको समस्या आउने गर्दछ ।

चाया पोतो किन आउँछ ?

चाया पोतो किन/कसरी आउँछ भन्ने विषयमा धेरै अनुसन्धानहरू भएता पनि अहिले सम्ममा मुख्य दुई कुराहरूमा अनुसन्धानकर्ताहरूको ध्यानाकर्षण भएको छ । यी दुई हुन्– १. स्ट्रोजोन (Estrogen), जुन एक किसिमको शरीरमा हुने अर्मोन हो र आर्को चाँहि घामको परवैजनी किरण (UV Rays) चाया पोतो गर्भावस्थामा निकै बढी देखिने हुन्छ । यहि समयमा महिलाहरूको एस्ट्रोजेनको मात्रा पनि बढी हुने हुनाले, चाया पोतो एस्ट्रोजोन हर्मोनको केही संलग्नता छ भन्ने ठहर हो । तर याद गर्नुपर्ने के हो भने पुरुषहरूमा पनि चाया पोतोको समस्या देखिने हुनाले सम्पूर्ण दोष बढेको एस्ट्रोजन हर्मोनलाई मात्र दिन सकिदैन । पुरुषहरूमा पनि बढी मध्य पूर्वीय एसियाली र क्यारिवियन क्षेत्रका पुरुषहरूमा देखिने हुनाले घामको कारणले पनि यो समस्या आउने वा बढाउने देखिन्छ ।

यी कारणहरू बाहेक कुनै कुनै औषधीहरू जस्तै हाईडाण्टोइन (Hydantion), डाइलान्टिन (Dilantin) जुन छारे रोगको लागि प्रयोग हुन्छन्, यिनीले पनि चाया पोतो गराउन सक्छन् । कहिले काही वंशानुगत रुपमा पनि चाया पोतो आउन सक्छ । एक तिहाई जति मानिसमा यसको कारण थाहा नहुन सक्छ ।

महिनावारी शुरु हुनु अघि र महिनावारी रोकिएको महिलाहरूमा पनि कहिलेकाहि यो समस्या देखिन सक्छ । गर्भ रहेको अवस्थामा र चक्कीको कारणले आएको चाया पोतो, बच्चा जन्मिएपछि वा चक्की खान छोडेपछि घट्न सक्छ, तर कसैमा चाहि हट्नलाई वर्षौं लाग्न सक्छ । एउटा समस्या भनेको चाँही चाया पोतो एक पटक उपचार गरिसकेपछि फेरि फेरी पनि आउन सक्छ ।

चाया/पोतोको गहिराई

कसैको चाया पोतो फिाक्का र कसैको गाढा देखिन्छ । हाम्रो छालाको कुनचाँही तहमा चाया पोतो छ, त्यसले गर्दा यस्तो हुने हो । साधारणतय, छालाको माथिल्लो तहमा (इपिडर्मल) (Epidermal) भएको चाया पोतोलाई उपचार गर्न सजिलो हुन्छ । तल्लो लहमा डर्मल (Dermal) भएको चाया पोतोलाई उपचार गर्न निकै कठिन हुन्छ ।

चाया/पोतोको उपचार

चाया/पोतोको उपचार गर्दा हाम्रो मुख्य लक्ष्य भनेको खैरो रङ्ग ल्याउने मेलानोसाईट (Melanocyte), जुन एउटा छालामा हुने कोषिका हो र त्यसले बनाउने मेलानोसोम (Melanosome) लाई रोक्नु हो । यस्का लागि विभिन्न उपचार पद्वतिहरू छन् । जसमध्ये घामबाट बच्ने मलम पनि मुख्य हो घामबाट बाट बच्ने मलम उच्च एस्.पि.एफ् (high SPF), broad spectrum sun protection (UVA+UVB), खालको हुनुपर्छ र यो कम्तिमा ४–४ घण्टाको फरकमा पुग्ने मात्रामा सम्पूर्ण अनुहारमा लगाउनुपर्छ । घामबाट बन्चे क्रिमले चाया÷पोतोलाई बढ्न दिदैन र रङ्गमा फिक्कापन ल्याउन सहयोग गर्छ ।

चाया/पोतो मै लगाउनको लागि पनि विभिन्न किसिमका मलमहरू छन् । यसमा हाइड्रोक्वीनोन (Hydroquinone), Retinpids, kojic acid, arbutin, azelaic acid र कम शक्तिका कतभचयष्म हरू पर्छन् । हालसालैको अनुसन्धानहरूले ग्लाइकोलिक एसिड (Glycolic acid) पनि उपचारमा सफल हुने तथ्याङ् कहरू देखिएका छन् । यसलाई केमिकल पिलको रुपमा प्रयोग गर्न सकिन्छ । यसबाहेक म्भचmबदचबकष्यल भन्ने मेसिनद्वारा छालाको बाहिरी तह हटाउने प्रक्रिया पनि कतिपय विशेषज्ञहरूले गर्ने गर्छन् जसले गर्दा लगाउने औषधिहरू छालामा राम्ररी सोसिन्छन् । विभिन्न लेजर थेरापिहरूको बारेमा अनुसन्धान भएपनि लेजरको खासै उपयुक्त देखिएको छैन । चाया/पोतोको उपचारमा सबैभन्दा महत्वपूर्ण भनेको यसको बारेमा बिरामीलाई दिइने शिक्षा हो । धेरै जसोलाई घामको च्यभि थाहा हुँदैन, त्यसैले दिउँसोको समयमा ब्रोड स्पेक्ट्रम Broad spectrum कगल दलिअप लगाउनु अति आवश्यक हुन्छ । कतिपय घामको किरण जस्तै+UVA सिसाबाट भित्र छिर्ने हुनाले घर भित्रै भएपनि घामबाट बच्ने क्रिम लगाउन जरुरी हुन्छ । यति गर्दा गर्दै पनि घामबाट सकेसम्म बच्नुपर्छ ।

हामीकहाँ आउने चाया/पोतोको बिरामीलाई हामीले साधारणतयः यसरी उपचार गर्छौं ।

बिहान
१. उपयुक्त फेसवासले अनुहार धुने ।
२. UVA/UVB Broad Spectrum Sun block लगाउने ।
३. बाहिर निस्कदा छाता, टोपी आदिको प्रयोग गर्ने ।
४. Antioxidant Supplement खाने

बेलुकी
१. उपयुक्त फेसवासले अनुहार धुने ।
२. Hydroquinone / kojic acid/ Arbutin /Retinoid भएको मलम लगाउने ।
३. दुईदेखि तीन हप्ताको फरकमा केमिकल पिल गर्ने, धेरै गाढा चाया/पोतोको Demabrason गर्ने । ध
(नेपाल स्क्रीन केयर केन्द्र, सिनामंगल, काठमाडौं)