आज २०७७ बैशाख ८ गते, रोटरी क्लब अफ मध्यपुर र ईनर व्हिल क्लब अफ मध्यपुरले सयूक्त रुपमा बिभिन्न मेडिकल सामाग्रीहरु भक्तपुर क्यान्सर अस्पताललाई एक समारोहका बिच हस्तान्तरण गरियो । हस्तान्तरण गरिएका सामाग्रीहरुमा ४ थान थर्मल गन, ५ थान पि पि ई सेट र २५० थान सर्जिकल मास्कहरु रहेका छन । रोटरी क्लबका तर्फबाट संस्थापक अध्यक्ष सुरेन्द्र बिक्रम प्रजापति, ईनर व्हिल क्लबबाट अध्यक्ष रुपा श्रेष्ठले यी सामाग्रीहरु अस्पताल प्रशासनलाई प्रदान गरियो । कार्यक्रममा रोटरी क्लवका पूर्ब अध्यक्ष डा. रोशन प्रजापति र ईनर व्हिल क्लबका संस्थापक अध्यक्ष डा. सृष्टि श्रेष्ठ प्रजापतिको समेत उपस्थिति थियो । बिश्वका अधिकांश मुलुकहरुमा हाल महामारीका रुपमा फैलिई रहेको कोरोना भाईरसको संक्रमणलाई नियन्त्रण गर्न यी स्वास्थ्य उपकरणहरुले निश्चय पनि केहि हद सम्म सहयोग पु¥याउनेछ ।
