२०७६ बैशाख १५ गते, मध्यपुर थिमि नगरपालिका वडा न २ मगर गांउमा बसोबास गर्दै आएका १५ दृष्टि बिहिन परिवारलाई रोटरी क्लब अफ मध्यपुर र ईनर व्हिल क्लव अफ मध्यपुरले संयूक्त रुपमा बिभिन्न राहत सामाग्रीहरु बितरण गरियो । सो राहत सामाग्रीमा प्रति परिवार १५ किलो चामल, २ किलो दाल, १ किलो चिउरा, १ किलो चिनी, १ लिटर खाने तेल, १ पाकेट नुन लगायतका सामाग्रीहरु थिए । कार्यक्रममा मध्यपर नगरपालिका वडा न २ का वडा अध्यक्ष राम थापा मगर, रोटरी क्लव, रोटाराक्ट क्लव, र ईनर व्हिल क्लव अफ मध्यपुरका सदस्य तथा पदाधिकारीहरुको उपस्थिति थियो । कार्यक्रममा वडा अध्यक्ष राम थापा मगर, रोटरी क्लबका अध्यक्ष उषा प्रजापति, क्लबका संस्थापक अध्यक्ष सुरेन्द बिक्रम प्रजापतिले बोल्नु भएको थियो । बिगत १ महिना भन्दा बढी समय देखि पूरै देश लकडाउनका कारण दैनिक ज्याला मजदूरी गरी खानु पर्ने सर्बसाधारणको जिबनयापन कष्टकर बन्दै गएको छ ।