रोटरी क्लब अफ मध्यपुरले रोटरी क्लब अफ फुकुका साउथ ईष्ट, जापान र रोटरी ईन्टरनेशनल डिष्ट्रिक २७०० संग सहकार्य गरी मध्यपुर थिमि–८, टिगनीका कोभिड– १९ को महामारीबाट पिडित परिवारहरुलाई बिभिन्न राहत सामाग्रीहरु २०७७ असोज १ गते एक समारोहमा बिच बितरण गरीयो । सो राहत अन्तरगत २२० परिवारलाई बाल्टिन, रुमाल, ३० जेष्ठ नागरीक र ३७ एकल महिलाहरुलाई हर्लिक्स, बिस्कुट, फलफुल, टुथ पेष्ट, टुथ ब्रस लगायतका राहत प्याकेज र १९ बिपन्न परिबारहरुलाई चामल १५ किलो , दाल २ किलो , चिनी १ किलो, चिउरा १ किलो, खाने तेल १ लिटर, नुन २ पाकेट उपलब्ध गराइएको थियो । सो बितरण कार्यको सहजीकरण रोटरी कम्युनिटि कर्प ( आर. सी. सी.) टिगनीका सदस्य पदाधिकारीहरुले गरेका थिए । कार्यक्रममा रोटरी क्लब अफ मध्यपुरका अध्यक्ष, संस्थापक अध्यक्ष, रोटार्याक क्लब अफ मध्यपुरका अध्यक्ष लगायतको उपस्थिती थियो ।
