बच्चाको उत्कृष्ट शारिरीक तथा मानसिक विकासको लागि परीवार, समाज र वातावरणको अनुत्तरीत सम्बन्ध रहन्छ । बच्चाको स्याहार सुसार र सामान्य रोगहरूमा परीवारले गर्नुपर्ने दायीत्वहरूबारे हाम्रो स्वास्थ्य संस्थाहरूबाट जानकारी दिने चलन कमै देखिन्छ । धेरैजसो अवस्थामा बच्चाको स्याहार सुसार परीवार तथा छिमेकको पाको उमेरका व्यक्तिहरूको अनुभव र सोचाईहरूमा निर्भर गर्दछ । हाम्रो समाजमा विगत केही वर्षको तुलनामा पारीवारिक, खानपीनको साथै स्वास्थ्य क्षेत्रमा विकराल परिवर्तनहरू भैरहेको छ । एक दशक अगाडिसम्म हाम्रो सरदर ५ परीवार संख्या हुन्थ्यो जुन अहिले करीब ४ जना छन् र प्रति महिला औषत ४–६ बच्चा जन्माउँथे । हाल औसत एक महिलाले २.६ जना बच्चा जन्माउँछन् जुन विशेषत शहरी क्षेत्रमा घट्ने क्रममा छ । एक दशक अगाडि सम्म करीब ५ जनामा एक जनाले मात्र एण्टिवायोटिक प्रयोग गरेको पाइन्थ्यो भने हाल करीब सबै बच्चाहरूले कुनै न कुनै एण्टिवायोटिकहरू एक वर्षको उमेरभित्र नै प्रयोग गरेको देखिन्छ । यसै परिप्रेक्षमा हाम्रो समाजमा विद्यमान बच्चाको स्याहार सुसारकेही शंका, भ्रमहरू बारे यस लेखमा वर्णन गर्नेछु।
चिकित्सा विज्ञानको निर्देशिका अनुसार बच्चालाई ६ महिना सम्म आमाको दुधमात्र दिनुपर्छ र पानी समेत दिनुपर्दैन । तर हाम्रो समाजमा केही समय बच्चा रोएको निहुंमा आमाको दुध पुगेन भनेर निष्कर्श निकाली अन्य बट्टाको दुध अथवा घरमा बनाएको लिटोहरू प्रयोग गर्ने धेरै चलन छ ।अपवाद वाहेक धेरैजसो अवस्थाहरूमा आमाको दुध शिशुको लागि ६ महिनासम्म पर्याप्त हुन्छ । स्वस्थ्य बच्चाहरू पनि केही समय झिंझिने, रुने गर्छन् र यसका विभिन्न कारणहरू हुनसक्छन् । हतार गरेर अन्य दुध वा लिटो सुरु गरेमा आमाको दुधको उत्पादन क्रमिक रुपले घट्ने हुन्छ र शिशुले आमाको दुधको लागि आफै मेहेनत गर्नुपर्ने हुन्छ । तर अन्य दुध वा लिटोको लागि उसको मुखसम्म हामीले राखीदिने भएकोले स्वभावत सजिलो स“ग पाउन सक्नेमा झुकाव बढ्ने हुन्छ । अन्य दुध वा लिटोहरू ६ महिनाभन्दा अगाडि दिएमा शिशुको स्वास्थ्यमा तत्काल वा दीर्घकालीन नकारात्मक असर पर्नसक्छ । यस्त६ महिनाभन्दा अगाडि विभिन्न हर्बल थोपाहरू र बदाम, काजु पिसेर चुसाउने गरेमा पनि वान्ता, झाडापखाला लगायत अन्य समस्याहरू हुनसक्छ ।
सुरुका महिनाहरूमा बच्चालाई आमाको दुधले मात्र पुगेपनि ६ महिनापछि विस्तारै अन्य खानेकुराहरू पनि समावेश गर्नुपर्दछ । सिजन अनुसार पाउने फलफूल तथा दही पनि बच्चाको उमेर अनुसार दैनिक खानामा समावेश गर्नुपर्छ र यी चिजहरू खुवाएर खोकी लाग्छ, घ्यार घ्यार हुन्छ भन्ने धारणाहरूमा कुनै वैज्ञानिक आधार छैन । धेरैजसो हाम्रो बच्चाहरूमा कुपोषण सम्बन्धी समस्याहरू पनि ६ महिना पछिको उमेरदेखि नै सुरु हुन्छ । यसका धेरै कारणहरू मध्ये हामीले बच्चाको खानामा आवश्यक पोषणहरूको सन्तुलित पूर्ति गर्न नसक्नु मुख्य पर्दछ । साधन श्रोतको कमिले बच्चालाई पर्याप्त खाना दिन नसक्नु कतिपयको अवस्था छ भने कतिपय अवस्थाहरूमा हाम्रै खानपिन र धारणाहरू नै वाधक भएको पाइन्छ । भात वा चामल समूहको मात्र समावेश गरी दिइने हाम्रो खानाबाट दैनिक आवश्यक शति पू्र्ति गरेपनि प्रोटिन, याट लगायत भिटामिन र सुक्ष्म पोषण तत्वहरूको सन्तुलन मिल्दैन । तसर्थ ६ महिनापछि बच्चाको खानामा अन्नको साथै, दाल, गेडागुडी, सागपात, फलफूल, दुध÷दही, ध्यू, तेल, माछा, मासु, अण्डा गरी दैनिक कम्तिमा ४ थरीको खानाहरू समावेश गर्नुपर्छ । बच्चाको रोगस“ग लड्ने क्षमता बढाउन, पाचन प्रणाली मजबुत बनाउन पनि फलफूल र दही समूहको खानेकुराहरू महत्वपूर्ण छ ।
बच्चाले राम्रोस“ग खाई नदिने समस्या प्रायः अभिभावकहरूले भन्ने गर्छन् र कतिपयले भिटामिनका औषधि लेखिदिन आग्रह गर्दछन् । तर कुरा यति सजिलो छैन र खाना राम्रोस“ग नखाने कारणहरू केलाउन सकेमा भिटामिनको औषधिको कुनै आवश्यकता छैन । बैबच्चाले भिटामिन खुवाउ“दैमा फटाफट खानेपनि होइन । बच्चालाई प्रभावकारी रुपमा खुवाउने प्रत्येक अभिभावकको कलामा भर पर्दछ र पर्याप्त समय उपलब्ध गराउनुपर्छ । अभिभावक र बच्चाको एक आपसमा सम्वाद र समन्वयको लागि पर्याप्त समय दिई बच्चालाई खाना खुवाउने समयको सदुपयोग गर्नुपर्छ । नया“ खानेकुराहरू कुनै सुरु गर्न लाग्नु भएछ भने थोरै मात्र सुरुमा दिएर हेर्नुपर्छ र विस्तारै बढाउ“दै लानुपर्छ । सुरुमा खाना खान नखोज्ने अपच हुने समस्या पनि आउन सक्छ । यसो भएमा केही दिनको अन्तरालमा फेरी खुवाउनु पर्छ । बजारमा पाइने रेडिमेड पेय र खाजाहरू र निरन्तर एउटै खानाहरू खुवाउनु, खाना खुवाउने स्थानमा कोलाहल आदि बच्चाले राम्रोस“ग नखाने कारणहरूमा पर्दछ । खाना खुवाउने समयमा बच्चालाई अनावश्यक टि.भी., मोबाइल प्रयोगले खानाको स्वाद नै बच्चाले पाउन सक्दैन र आमासंग आवश्यक अन्तर्कि्रया पनि हुँदैन। मनपरेको खेलौना वा कथाहरू भनेर खाना खान चाहिं प्रेरीत गर्नुपर्छ । बच्चाको उमेर अनुसार भोक लाग्ने समय पहिचान गरी उक्त समयमा सकभर उसकै आनै थालमा राखेर खुवाउनु पर्छ । बच्चाले प्रभावकारी रुपमा खानको लागि पर्याप्त रुपमा सुत्न र बाहिरी वातावरणमा घुलमिल पनि चाहिन्छ । धेरैजसो हाम्रो बच्चाहरूमा हाल पर्याप्त बाहिरी वातावरणमा घूलमिल पुग्दैन र धेरै जसो समय टि.भी., मोबाइल वा घर भित्र नै समय विताउने गरेको देखिन्छ । बच्चाको पेट सानो हुने भएकोले एकैचोटी धेरै खान सक्दैन र थोरै थोरै उसलाई
भोक लाग्ने समय पहिचान गरी खुवाउनुपर्छ । तर अनावश्यक तवरले बच्चालाई जवर्जस्ती खुवाउने गर्नाले तौल बृद्धिहुने, पाचन प्रणालीमा समस्या साथै मानसिक रुपमा पनि तनावमा परी अन्य बानी व्यहोरा सम्बन्धी समस्या जस्तैः– पेट, टाउको दुखाउने, सुतिराखेको ठाउ“मा पिसाब गर्ने, भकभकाउने हुनसक्छ ।
बच्चालाई व्यक्तिगत स्वास्थ्य अवस्था हेरी र बाहिरी र भित्री वातावरणको तापक्रम हेरी समयानुकुल लुगा लगाईदिनुपर्छ । तर हावा पस्छ भनेर अनावश्यक रुपमा मोटो मोटो लुगाहरू लगाईदिंदा फाइदा भन्दा बेफाइदा नै पुगिरहेको हुन्छ । बच्चाको बृद्धि, विकासका लागि खानपीन, माया ममता जत्तिको महत्वपूर्ण छ त्यतिकै बाहिरी वातावरणमा भिज्न पनि आवश्यक छ । बाहिरी तापक्रमको थपघट स“गै, हावापानीको परिवर्तन अनुसार हाम्रो वरिपरी विभिन्न किटाणुहरू आउने जाने गर्छन् । धेरैजसो चिसो याममा न्यूमोनिया गर्नसक्ने किटाणुहरू वातावरणमा हुने भएकोले हावा पसेर वा चिसो खाएमा खोकी, न्यूमोनिया लाग्छ भन्ने आम अवधारणा छ । तर न्यूमोनिया, घा“टी दुख्ने किटाणुको संक्रमणबाट मात्र हुन्छ र हामीले खाएको खानाले हैन । अनावश्यक मोटो लुगाहरू लगाईदिंदा पसिनाले भित्री लुगा भिज्छ र वास्तवमा बच्चालाई चिसो नै पारिरहेको हुन्छ । साथै खेल्न र चल्न पनि असहज बनाइदिन्छ । अधिकांश समय चिसो हुने र हिउ“ पर्ने ठाउ“मापनि बच्चाहरूलाई क्रमिक रुपले वातावरणस“ग भिज्न बाहिर घुमाउने, खेलाउने गर्नुपर्दछ । हाम्रो जस्तो धेरै न्यानो र सुन्दर मौसम अधिकांश समय हुने ठाउ“मा प्रकृतिको यो वरदानलाई सदुपयोग गर्नु नै उपयोगी हुनेछ ।
साधाराणतया पहिला २–३ वर्ष बच्चाहरूलाई धेरैपटक ज्वरो आउने गरेको हुन्छ । कहिलेकाहीं हामी यसलाई बच्चा बढ्न, सातो गएर, दा“त आउनलाई पनि ज्वरो आएको भन्ने गर्छौं । धेरैजसो अवस्थाहरूमा समयानुकुल वातावरणमा भएको परिवर्तन स“गै भाइरल ज्वरोहरू हुनसक्छन् । धेरैजसो यी सरुवा रोगहरूको ३ वटा परिधीहरू हुन्छन् ः रोग लाग्नुभन्दा अगाडिको समय, रोगको समय र रोगपछिको समय । रोगपिच्छे नै रोग लाग्नुभन्दा अगाडिको समय जसलाई इन्कुबेसन समय पनि भनिन्छ फरक हुन्छन् र टाइफाइड रोगको करीब २–३ हप्ता हुन्छन् । त्यसैले हामीलाई टाईफाइड लाग्नुृभन्दा करीब २–३ हप्ता अगाडि नै किटाणु प्रवेश गरी विभिन्न प्रक्रियाहरू पूरा गरिसकेपछि मात्र हामीलाई ज्वरो आउ“छ ।
ज्वरोबारे अर्को महत्वपूर्ण कुरा के छ भने यो आफै रोग हैन र शरीरमा किटाणु प्रवेशको हाम्रो शरीरको प्रतिक्रिया मात्र हो । ज्वरो आउनुका अनेक कारणहरू हुनसक्छन् र सोही अनुसार उपचार तदारुकताका साथ गर्नुपर्छ । कुनै ज्वरो केही समयपश्चात आफै निको हुनसक्छन् भने कुनै ज्वरो आएको केही समयमा नै उपचार गरेन भने ज्यान समेत जान सक्ने खतरा हुन्छ । तर ज्वरो आउनेबित्तिकै तत्कालै उपचार गरेन भने टाइफाइड हुनसक्ने कुरामा चाहिं सत्यता छैन । प्रत्येक पटक ज्वरो आउ“दा हत्तारीएर एण्टिवायोटिक अथवा अन्य औषधि प्रयोग गर्नुहु“दैन । ज्वरो बढ्दा किटाणुलाई पनि असहज वातावरण बनाईदिन्छ र संक्रमणलाई शरीरबाट छोटो अवधिमा नै हटाउन टेवा दिन्छ ।
अहिलेको बिद्यमान हाम्रो चिकित्सा पद्धतीमा ४–५ दिनको ज्वरोको प्रकृति नहेरि टाइफाइडको पहचान गर्न कुनै प्रविधि उपलब्ध छैन । साधारण रगतको जाँचबाट टाइफाइडबारे शंका गर्न सकिएतापनि यकिन गर्न सक्दैन र झन्डै झन्डै अरु भाइरल रोहरूसंग मिल्दो जुल्दो हुन्छ । रगतको कल्चर गर्नुपर्ने पनि हुन्छ जसको रिपोर्ट आउन ३ दिन जति लाग्दछ तर कल्चरको रिपोर्ट नेगेटिभ भएतापनि शरीरमा टाइफाइड भएकै छैन भनेर निष्कर्ष निकाल्न चाँहि मिल्दैन । कल्चरको रिपोर्ट पोजिटिभ भएमा औषधी केही दिन बढी दिनुपर्ने हुन्छ । टाइफाइड सम्बन्धि धेरै प्रयोगमा ल्याउने अर्को अर्को रगत जाँचमा विडाल टेष्ट पर्छ । यसमा टाइफाइडको किटाणुको बिरुद्ध हाम्रो शरीरमा उत्पादन भएको रो प्रतिरोधात्मक शक्ति हेर्न भएकाले यसको लागि ज्वरो आएको एक हप्ता पछि मात्र जाँच गर्नु सान्दर्भिक देखिन्छ । फेरि पहिले टाइफाइड रोग भैसकेको ब्यक्तिहरूमा पनि विडाल टेष्ट कुनै कुनै पोजिटिभ हुन सक्ने तर्फ पनि ख्याल राख्नु पर्छ । ज्वरो आउने बित्तिकै हाम्रोमा विडाल टेष्ट गर्ने चलन बढ्दो छ र हालको ज्वरने टाइफाइड नभएतापनि पहिले भएको कारणले पोजिटिभ देखिएको भरमा आनावश्यक औषधी प्रयोग गरेको पाइन्छ । टाइफाइड धेरै कडा रोग भएतापनि यसको राम्रो पक्ष भनेको यसको प्रतिकुल असर झण्डै ज्वरो आएको २ हप्तासम्म उपचार गरेन भने मात्र देखिन्छ । तसर्थ ४–५ दिनको ज्वरोको प्रकृति हेर्दा तत्कालै केही भैहाल्ने संभावना देखिन्दैन र रोगको सही उपचार गर्दा पनि ज्वरो ठिक हुन केही दिन लाग्न सक्छ । त्यसैले पनि होला हामी टाइफाइड ज्वरोलाई नेपालीमा म्यादे ज्वरो पनि भन्ने गरिएको ।
कहिलेकाहि बारम्बार बच्चाहरू बिरामी भै रहन्दा आफुले गर्ने स्याहार सुसार वा पोषणमा खराबीले गर्दा हो कि भनी कतिपय अभिभावकहरूले स्वाभाविक रुपले सोच्ने गर्दछ । तर कुनै पनि रोग लाग्नै नपर्ने र लागेमा आफुले गर्ने हेरचाहमा कमीले गर्दा भएको सोच्नु हुँदैन । बच्चाको उमेर र तत्कालिन वातवरणिय परिवर्तन र सरसफाईको अवस्था अनुसार विभिन्न रोगका जिवाणुहरू हाम्रो वरिपरि हुन्छन् र कतिपय अवस्थामा हाम्रो व्यक्तिगत नियन्त्रण भन्दा बाहिर पनि हुन सक्छ । कतिपय हामीलाई विश्वास गर्न कठिन हुने भएपनि समाजमा जिउनको लागि केही रोग र संक्रमणहरू हुनु हाम्रो नियती नै हो । एकपल्ट सुन्दर संसार जहा कुनैपनि घण् ःबमजथबउगच च्यतबचथ ऋगिद या संक्रमण, धुलो धुवाँ नभएको कल्पना गरौं । हामी सबैले यस्तो संसारको चाहना राख्ने गरेतापनि यथार्थमा यो असम्भव जस्तै छ । बैज्ञानीकहरूले मान्छेलाई त हैन तर केही जनावरहरूलौ पुरै शुद्ध संक्रमणहरू केही नभएको अवस्थामा राखेर हेर्दा कालन्तरमा उनीहरू झन रोग संग जुझ्न नसक्ने अशक्त भएको पायो । यसको मतलब केही संक्रमणहरू समय वातावरण अनुसार हुने नै गर्छ र यसको सरल व्यवस्थापन गर्नु मात्र हाम्रो सामु बिकल्प छ । संक्रमण संग जुझ्न आवश्यक तत्वहरूको निर्माण र बाहिरी वातावरण संग राम्ररी भिज्नको लागि कहिलेकाहि केही समय लाग्छ । बच्चा ५–६ वर्ष नभएसम्म धेरै जसो रोगहरूले सताउने गरेको पनि शायद यही कारण ले होला ।
हालको हाम्रो विद्यमान स्वास्थ्य संरचना अन्तर्गत विशेषत शहरी क्षेत्रमा जतासुकै छ्यापछ्याप्ती क्लिनिक र औषधी पसलहरू देखिन्छ । र साथै हाम्रो पारिवारीक र सामाजिक परिवर्तनले गर्दा धेरै जसो परिवारमा एउटा वा दुईवटा मात्र बालबच्चाहरू भएकोले रोग लाग्ना साथ यथासिघ्र उपचार गराउने प्रवृति देखिन्छ । स्वास्थ्य संस्था, अभिभावक दुवै तर्फबाट बच्चाको राम्रो स्वास्थ्य उपचार खातिर भएका देखिएता पनि सामान्य संक्रमणको माथी उल्लेखित प्राकृतिक नियमहरू र उपयोगीता ख्याल गर्न नसक्दा कतिपय अवस्थामा वास्तवीक रोगले भन्दा हामीले गने जँच पडताल र औषधीले असर गरिरहेको एक व्यापक समस्याको रुपमा देखा परिरहेको छ । स्वास्थ्य संस्थाबाट गरिने सेवाहरू, औषधीको गुणस्तर सम्बन्धी नियन्त्रण गर्न निकायको प्रभावकारीता नभएको वर्तमान परिप्रेक्षमा अभिभावकहरू आफै चनाखो हुनु पर्ने देखिन्छ । सामान्य बच्चामा हुने संक्रमणहरू हामी जस्तो विकासोन्मुख देशमा मात्र हैन विकसित देशको बच्चाहरूलाई पनि लाग्ने गर्दछ । कतिपय रोगको प्रभावकारी खोपहरू हाल सम्म उपलब्ध छैन र यसबाट बच्ने मुख्य उपाय भनेकै रोग संग जुध्नु नै हो । कतिपय संक्रमणहरू एक पटक भैसकेपछि शरीरमा उक्त किटाणु संग लड्ने क्षमता विकास भैसकेको हुन्छ र पछि नलाग्ने हुन्छ । वातावरणको तापक्रम, झरी र हावापानी अनुसार यस्तो संक्रमणका किटाणुहरू हाम्रो वरिपरी बढ्ने, घट्ने प्रक्रिया भैरहेको हुन्छ । विशेषत बच्चाहरूलाई पहिलो सम्पर्क हुने भएकोले यसको शिकार हुने नै गर्छ र शुरुका वर्षहरूमा प्रत्येक सिजनका परिवर्तन संगै बच्चा बिरामी पर्ने गर्छ र प्रायः धेरै जसो अवस्थामा बच्चा समूहमा लसपस गराउँदा पनि केहि संक्रमण हुने गर्छ । कतिपय अवस्थामा यस्ता संक्रमणबाट बचाउन बच्चाहरूलाई मास्क लगाउने, हावा पस्न नदिने भनि धेरै लुगा लगाई दिने र बच्चालाई बाहिरी वातावरणमा घुलमिल हुन नदिने प्रवृति पनि बढ्दो छ । बच्चाको मानसिक तथा शारीरिक बिकासको लागि खाना, मायाको जति महत्व छ त्यतिकै समकालीन समूहमा घुलमिल हुन र बाहिरी वातावरणमा भिज्न पनि जरुरी छ । यो हामीले किन्न पनि सक्दैनौ । तर निःशुल्क उपलब्ध हुने भएकोले होला हामी कतिपय अवस्थामा त्यति महत्व दिंदैनौ । र चिकित्सा विज्ञानमा अर्को के कुरा पनि यथार्थ छ भने जो बच्चा सामान्य संक्रमणको मुकाबिला गरेको छ र बाहिरी वातावरणमा घुलमिल भएको र समकालीन समूहमा राखेको छ त्यस्तो बच्चाहरूमा एलर्जी लगायतका समस्याहरू धेरै कम देखिन्छ । र सकभर बढि अनावश्यक सफाई र शुद्ध वातावरणमा राख्न खोज्नु, प्रकृति र बाहिर वातावरणमा घुलमिल हुनबाट बचाउन खोज्दा छालामा एलर्जी लगायत दमका रोगहरू पनि बढ्न सकिन्छ ।
अन्त्यमा, समग्रमा कुनै पनि रोग लाग्नु राम्रो कुरा नभएतापनि कहिलेकाँही रोगको शिकार हुनु हामी सबैको नियती नै हो । बिशेषतः बच्चा अवस्थामा नै उसलाई समाजमा घुलमिल हुन विभिन्न रोगसंग मुकाबिला गर्न पर्ने हुन्छ । त्यसैले कहिलेकाँही ज्वरो आउनु र बिरामी हुनु उनीहरूको बृद्धि प्रक्रियाको एउटा अभिन्न अंग जस्तै हो । बच्चाहरू कहिल्यै पनि बिरामी नपर्ने र ज्वरो नआइकन हुर्कन संभव छैन । फेरि सबै रोगको खोपहरू उपलब्ध नभएको र पिउने पानी साथै जनस्वास्थ्यको राम्रो ब्यवस्था नभएको वर्तमान परिप्रेक्ष्यमा केही रोगहरूबाट ग्रसित हुनु नै भविष्यमा यसबाट बच्ने प्रतिरोधात्मक शक्तिको बिकास गर्ने माध्यम भएको यथार्थ पनि बुभ्mनु जरुरी छ । यसर्थ बालबच्चाहरूलाई ज्वरो आउँदा र बिरामी पर्दा माथि उल्लेखित खतराका लक्षणहरूबारे चनाखो भई सतर्क हुनु आवश्यक छ । सबै रोगको समयावधि (म्याद) हुने भएतापनि थप बिग्रन नदिनेबारे चाँहि सतर्कता अपनाउनु जरुरी छ । बिरामी, अभिभावक र स्वास्थ्य र्यकर्ताहरू सबैको समन्वयमा धेरैजसो साधारण रोगहरू न्यून औषधीहरूबाट नै समाधान गर्न सकिन्छ र अनावश्यक औषधीहरूको प्रयोगबाट छुटकारा लिई परिवार समाज र वातावरणलाई फाइदा पु¥याउन सकिन्छ ।